कांग्रेस संसदीय दलको बैठक बालुवाटारमा

96
  •  
  •  
  •  

काठमाडौं २४ असोज (ओएनएस) : संविधानसभाका विवादित विषयमा धारणा बनाउन नेपाली कांग्रेसले छलफल सुरु गरेको छ । यसअघि प्रमुख तीनदलबीच भएको सहमति, राज्यपुनर्संरचनाको विवाद र पार्टीका आन्तरिक विषयमा छलफल हुनेछ ।

संसदीय दल र उपलब्ध केन्द्रीय सदस्यहरुको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ । कांग्रेस सभासद रामहरी खतिवडाले समसामयीक राजनीतिक विषय, संविधानका विवाद र पार्टीको आन्तरिक विषयमा समेत छलफल हुने बताए । आजको बैठकबाट पार्टीले एउटा धारणा तय गर्ने र त्यस आधारमा अन्यदलसँग पनि छलफल हुनेछ । बैठक बिहान ८ बजेपछि बालुवाटारमा सुरु भएको हो ।


  •  
  •  
  •