काठमाडौं–नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने भएको छ।
बिहीबार केहीबेर बसेसँगै सभापति शेरबहादुर देउवाले शुक्रबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरेका थिए।
बिहीबारको बैठक विधान संशोधन मस्यौदामा केन्द्रित रहेको थियो। सो बैठकमा केन्द्रीय सदस्यहरु डा रामशरण महत, महेश आचार्य, दिलेन्द्रप्रसाद बडू, नविन्द्रराज जोशी र प्रदिप पौडेलले आफ्नो धारणा राखेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।