‘प्रदेश विभाजनमा कांग्रेस लचक’

230
  •  
  •  
  •  

कंचनपुर २० असोज (ओएनएस) कांग्रेस प्रवक्ता दिलेन्द बडुले संविधान निर्माणमा कांग्र्रेस लचक हुने बताएका छन् ।  सोमवार दार्चुला–कञ्चनपुर सम्पर्क मञ्चले महेन्द्रनगरमा गरेको भेटघाट कार्यक्रममा प्रवक्ता बडूले भने, ‘संविधान निर्माणमा कांग्र्रेसले सात प्रदेशको खाका अघि सारेको भए पनि दलहरुबीच सहमति भए काँग्र्रेस त्यसमा लचक हुनेछ ।’

एक अर्को प्रसंगमा प्रवक्ता बडूले जातीय पहिचानको सघीयता नभई पहिचान र सामथ्र्यका आधारमा सघीयतामा जाने कांग्रेसको ‘बटम लाइन’ भएको बताए ।  एमाओवादीले जातीय पहिचानसहितको कुरा उठाएका कारण संविधान निर्माणमा दलहरुबीच सहमति हुन नसकेको उनको भनाइ थियो ।

एमाओवादीले १० प्रदेशको खाकासहित जातीय पहिचान हुनुपर्ने अडान नछोडेका कारण संविधान निर्माणमा अन्योलता आएको प्रवक्ता बडूको दाबी छ ।


  •  
  •  
  •