कांग्रेस केन्द्रीय समितिको बैठक शुक्रबार

153
  •  
  •  
  •  

काठमाडौं २६ फागुन (ओएनएस) : नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आगामी शुक्रबार बस्ने भएको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बिहान ११ बजे बस्ने बैठकमा पार्टी पदाधिकारी तथा केन्द्रीय सदस्यलाई आह्वान गरिएको छ।

बैठकमा प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा पार्टीले ल्याएको कमजोर नतिजा र पार्टीको आगामी कार्यदिशाबारे छलफल हुने  कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।


  •  
  •  
  •