कोजाग्रत पुर्णिमाका दिन कांग्रेसको चियापान

90
  •  
  •  
  •  

काठमाडौं, २० असोज (ओएनएस) : नेपाली  कांग्रेसले विजया दशमीको शुभ अवसरमा भोली कोजाग्रत पुर्णिमाका दिन शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको छ ।
पार्टी कार्यालय सानेपामा चियापान कार्यक्रम आयोजना गरिएको कांग्रेसले जनाएको छ ।
कार्यक्रममा सहभागिताका लािग प्रमुख राजनीतिक दलका अध्यक्ष तथा सभापति, पदाधिकारी तथा केन्द्रीय सदस्यहरु, सरकारी तथा गैर सरकारी क्षेत्रका अधिकारी, उद्योग व्यवसायी, विदेशी कुटनीतिज्ञ लगायत विभिन्न क्षेत्रका महानुभावलाई आमन्त्रण गरिएको कांग्रेसले जनाएको छ ।
चियापान समारोहमा विदेशी कुटनीतिज्ञलाई दिउसो १ बजेदेखि २ बजेसम्मको समय दिइएको छ भने अन्यलाई दिनको १ देखि ४ बजेसम्मको समय दिइएको छ ।
करिव सात हजार व्यक्तिलाई शुभकामना कार्ड वितरण गरिएको छ । पाँचदेखि ६ हजारसम्म चियापानमा सहभागि हुने अनुमान गरिएको छ ।
कांग्रेसले २०३५ सालदेखि विजयादशमीको अवसरमा कोजाग्रत पुर्णीमाको दिन चियापान कार्यक्रम गर्दै आएको छ । नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाले चियापान कार्यक्रमको आरम्भ गर्नुभएको हो । बीपीको निधनपछि पनि कांग्रेसले चियापनलाई निरन्तरता दिँदै आएको छ ।  मेलमिलापको स्वरुपका रुपमा कांग्रेसले चियापान समारोह आयोजना गरेको हो ।

  •  
  •  
  •