कांग्रेसबाट समानुपातिक सूचीमा चार जनाकाे नाम हेरफेर

185
  •  
  •  
  •  

काठमाडौं,२० पुस (ओएनएस): नेपाली कांग्रेसले प्रदेश सभाको समानुपातिक तर्फबाट चार जनाको नाम हेरफेर गरेर निर्वाचन आयोग पठाएको छ।

प्रदेशसभाको समानुपातिक काेटामा यसअघि पठाइएको सूची त्रुटिपूर्ण रहेको भन्दै आयोगले सच्याउन तीन दिनको समय दिएको पत्र अनुसार कांग्रेसले यस अघि प्रस्ताब गरेका चार जनाको नाम सच्याएको छ ।  सच्याएर पठाइएको सूचीमा प्रदेश —१बाट टेकचन्द्र विश्वास, सिता पौडेल प्रदेश — २ बाट सलमा खातुन  र प्रदेश—५ बाट सुर्यमती पाध्यायको नाम हटाएको छ ।
प्रदेश —१ मा टेकचन्द्र विश्वासको ठाउँमा कल्पनाकुमारी सरदार , सीतादेवी पौडेलको ठाउँमा शान्ता पौडेलको नाम आयोगमा पेश गरिएको छ। यस्तै प्रदेश — २ मा सलमा खातुनको ठाउँमा आदिवासी जनजाति कोटाबाट शोभा लामाको र प्रदेश ५ मा सूर्यमति उपाध्यायको ठाउँमा शान्तिदेवी बर्मा सोनारलाई दलित कोटाबाट नाम सिफारीस गरेकाे छ ।

आयोगले क्रमसंख्या नमिलेको र समानुपातिक क्लस्टर नमिलेको भन्दै आज सम्म संशोधित नामावली सच्याउन कांग्रेस सहित ६ राजनीतिक दललाई पत्राचार गरेको थियो ।


  •  
  •  
  •