कांग्रेसले खाता खोल्न सकेन, २ क्षेत्रमा मात्र अग्रता

174
  •  
  •  
  •  

काठमाडौँ, २२ मंसिर (ओएनएस) :प्रतिनिधि सभाको पहिलो चरणको निर्वाचन भएका ३७ क्षेत्रमा नेपाली कांग्रेस कमजोर देखिएको छ । कांग्रेसले शुक्रबार बिहानसम्म एक क्षेत्रमा पनि जित दर्ता गराएको छैन् ।

अग्रता पनि २ क्षेत्रमा मात्र लिएको छ । रसुवा र दोस्रो चरणमा निर्वाचन भएको ललितपुर तीनमा मात्र कांग्रेसले अग्रता लिएको छ ।

एमाले मनाङ र मुस्ताङमा निर्वाचित भइसकेको छ भने माओवादी केन्द रुकुम पूर्वबाट विजयी भएको छ ।


  •  
  •  
  •