कांग्रेसमा निलम्बित नेताको लस्कर

54
  •  
  •  
  •  

काठमाडौं, ९ असोज । संविधानसभा निर्वाचनमा आफ्नै पार्टीका उम्मेदवारलाई हराउन भूमिका खेलेको भन्दै कांग्रेसले एक सय ८३ नेतालाई कारबाही गरेको छ । कारबाहीमा पर्नेमा केन्द्रीय सदस्य,बहालबाला मन्त्री,पूर्वमन्त्रीदेखि क्षेत्रीय सभापतिसम्म छन् ।

अनुशासन समितिले ४९ जिल्लाका ८६ निर्वाचन क्षेत्रका पाँच सय २१ नेताबिरुद्द परेको उजुरीमाथि छानबिन गरेकामा एक ८३ जनालाई कारबाहीको सिफारिस गरेको थियो । कारबाहीमा पर्नेमा विदेश विभाग प्रमुख सुजाता कोइराला,सभासद् गणेशप्रसाद विमली,पुर्वमन्त्री सुशीला स्वाँर,विपी संग्राहालयका अध्यक्ष पर्शुराम पोखरेलसहित छन् ।

८४ जनालाई तीनदेखि ६ महिनाको कारबाही गरिएको छ भने २३ जनालाई एक वर्ष सदस्य नरहने गरी निष्कासन गरिएको छ । यस्तै १२ जनाबीच मेलमिलाप भएको थियो भने अन्यलाई सचेत गराइएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ । 


  •  
  •  
  •