निर्वाचनमा पहिलो पार्टी बन्न केन्द्रित हुने कांग्रेसको निर्णय

111
  •  
  •  
  •  

काठमाडाैं, १८ चैत (ओएनएस) : नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा केन्द्रित हुने निर्णय गरेको छ ।

कांग्रेस केन्द्रीय निर्वाचन परिचालक समितिको शुक्रबार ललितपुरमा सम्पन्न पहिलो बैठकले अबको निर्वाचनमा पहिलो पार्टी बनाउन सम्पूर्ण रुपले कन्द्रित र क्रियाशिल हुने निर्णय गरेको हो ।

कांग्रेसले पार्टी केन्द्रदेखि जिल्ला, क्षेत्र, गाउँ नगर हुँदै वडा तह सम्म एउटै अठोट र एउटै अभियानमा पार्टीलाई थप संगठित र परिचालित गर्ने पनि निर्णय गरेको छ ।

केन्द्रीय निर्वाचन परिचालक समतिका संयोजक रामचन्द्र पौडेको अध्यक्षतामा बसेको बैठकले सबै तहमा स्थानीय निर्वाचन परिचालन समिति बनाउने निर्णय गरेको छ । साथै, आवश्यक अरु समिति समेत निर्माण गर्दै चुनावको प्रचार प्रसारमा जुट्ने पनि कांग्रेसले निर्णय गरेको छ ।

congress


  •  
  •  
  •