कांग्रेस केन्द्रीय समितिको बैठक भोली

68
  •  
  •  
  •  

काठमाडौं, २९ भदौ (ओएनएस): आफूलाई मुलुकको सबै भन्दा पुरानो लोकतान्त्रिक पार्टी भनेर दावी गर्ने नेपाली काग्रेसको केन्द्रीय कार्य समितिको बैठक आठ महिनामा पहिलो पटक बस्ने भएको छ ।

मंसिर ४ गते संविधानसभाको दोस्रो निर्वाचन पछि एक पटक बसेको काग्रेसको केन्द्रीय कार्य समितिको बैठक माघ २७ गते प्रधानमन्त्रीमा काग्रेस सभापति सुशील कोइराला निर्वाचित भए पछि बस्न सकेको थिएन ।

संविधानसभाको निर्वाचन पछि बसेको पार्टीको बैठकले पार्टी सभापतिको नेतृत्वमा एमालेसँग मिलेर सरकार गठन गर्ने निर्णय गरेपनि त्यसपछिको कुनै पनि राष्ट्रिय राजनीतिका महत्वपूर्ण विषयबस्तुहरुमा छलफल हुन सकेको छैन । 

केन्द्रीय सदस्यहरुले मन्त्रीहरुको नियूक्ती, सरकारको नीति तथा कार्यक्रम, संविधानका अन्र्तबस्तु, राष्ट्रिय राजनीतिक सम्मेलन लगायतको विषयमा पार्टीको आधिकारिक धारणा बनाउन पार्टीको बैठक आब्हान गर्न माग गर्दै आएका थिए । बैठक नबोलाएको विषयलाई लिएर अधिकांश केन्द्रीय सदस्यहरुले प्रधानमन्त्री सुशील कोइरालाको आलोचना गरिरहेका छन ।


  •  
  •  
  •