कोइरालाद्वारा जगिंदै देउवा र पौडेलमाथि गुटबन्दीको आरोप

228
  •  
  •  
  •  

काठमाडौं २४ भदौं ।  कांग्रेस सभापति एवं प्रधानमन्त्री सुशील कोइरालाले बरिष्ठ नेता शेरवहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलले आफू बिरुद्ध पार्टीभित्र गुटबन्दी गरेको भन्दै आक्रोश पोखेका छन् ।  लामो समयपछि सोमबार बालुवाटारमा बसेको संसदीय दलको बैठकमा उनले यसरी आक्रोश पोखेपछि बैठकसमेत अघि बढ्न सकेन ।
बैठकमा पौडेलले सम्वैधानिक तथा राजनीतिक सम्वाद समितिमा भएको सहमति र विवादका बिषय सभासद्हरुलाई जानकारी गराउनासाथ कोइरालाले सुशासन समितिमा जानु छ भन्दै मन्तव्य राखेका थिए । मन्तव्यको सुरुदेखि नै आक्रोशित बनेका कोइराला करिव १५ मिनेट बोलेपछि बैठकलाई केही नभनी बाहिरिए । बैठक सुचारु गर्ने या अन्त्य गर्ने भन्नेबारे संसदीय दलका नेता एवं प्रधानमन्त्री कोइरालाले केही पनि बोलेनन् । वरिष्ठ नेता देउवा र उपसभापति पौडेलले आफूहरुमाथि लगाइएको आरोपको प्रतिवाद गरेपछि बैठक स्थगित गरिएको थियो । देउवा र पौडेलले प्रतिवाद गर्दा कोइराला बैठकबाट बाहिरिइसकेका थिए ।
स्रोतका अनुसार कोइरालाले देउवाले समानान्तर रुपमा खुलेको डेमोक्रयाटिङ लयर्स एसोसियसन -डिएलए) विशेष अधिवेशनलाई सम्वोधन गरेकोमा र पौडेलले वीपी विचार पदयात्रा कार्यक्रममा आफूलाई उपेक्षा गरेको भन्दै आक्रोश पोखेका हुन् । पार्टीका कार्यक्रम र बैठकमा बसेरै बोल्ने गरेका कोइराला सोमबार भने उठेरै जंगिएका थिए ।
कोइरालाले पार्टी र सरकार संचालनमा समेत देउवाको असहयोग भएको बताएका थिए । ‘तपाईले पठाएका मन्त्रीहरुले समेत मलाई सहयोग गरेनन । सरकार र पार्टी प्रभावकारी चलाउन सकेन भनेर मलाईमात्रै भन्ने ? बैठकमा कोइरालाको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘यो पार्टीमा मेरो पनि ठुलो योगदान छ । सारा पार्टी बनाउनमा मैले दुःख गरेको छु । अहिले यस्तो अवस्थामा पुगें । पार्टी दलदलमा छ । यसको जिम्मा मैलेमात्रै लिने हो ?’
कोइराला सुरुमा उपसभापति पौडेललाई नयाँ गुटबन्दी सृजना गरेको बताए । वीपी विचार पदयात्रा आफूसंग परामर्श नै नगरी सुरु गरिएको गुनासो कोइरालाको थियो । पौडेल संयोजक रहेको पार्टीको नीति प्रतिष्ठान तथा विभागले एक महिने पदयात्रा कार्यक्रम गरेको हो ।
यस अघि पनि प्रतिष्ठानकै तर्फबाट पौडेलले मेची-महाकाली अभियान सुरु गर्दा गुटबन्दी गर्न खोजेको भन्दै पौडेलप्रति आक्रोशित भएका थिए ।  ‘गुटबन्दी अन्त्य गर्छु भन्ने अनि आफै गुट बनाउदै हिड्ने ?’ पौडेलप्रति कोइरालाको आक्रोश थियो । त्यसपछि कोइराला देउवातर्फ फर्किदै समानान्तर रुपमा पार्टी चलाउन खोजेको भन्दै कडकए ।  ‘शेरवहादुरजीले  मलाई सहयोग गर्न पर्दैन ? गुटको समानान्तर सस्था खोल्ने ? पार्टी चलाउने मेरोमात्रै कुरा हो ? पार्टी चलाउने जिम्मेबारी मेरो मात्रै हो’ कोइरालाको आक्रोश थियो ।
बैठकमा सहभागि एक सभासदा अनुसार कोइराला कतिबेला आक्रोश र कतिबेला भावुक बनेका थिए । उनले आफू निर्वाचित सभापति र संसदीय दलको नेता रहेको भन्दै सभासद्हरुप्रति आक्रोश पोख्न भ्याए । ‘तपाईहरु सबैलाई पार्टीले टिकट दिएको हो । मैले दिएको हो । तीन जनाले मात्रै पार्टी विगारे भनेर भन्ने ?’ कोइरालाको भनाई उत्धृद् गर्दै स्रोतले भन्यो,’पार्टीलाइृ बचाउने काम तपाईहरुको पनि होइन ? म मरेर गए पनि पार्टीलाई गुटबन्दी हुन दिन हुदैन ।’
कोइरालाले मन्तव्य राख्ना साथ पौडेलले संक्षिप्त रुपमा आफूले पार्टीभित्र गुटबन्दी नगरेको बताए । पार्टीका सबै कार्यक्रम सभापतिसंगको परामर्शमा संचालन भएको उनले जवाफ दिए । त्यसपछि देउवाले अप्ठ्यारोमा पर्दा सहयोग गर्ने कानून व्यवसायीहरुलाई उपेक्षा गर्न नहुने भन्दै उनीहरुको असन्तुष्टी सुनेर मिलाउने प्रयास भइरहेको बताएका थिए । पार्टीको निर्देशन विपरित समानान्तर रुपमा स्थापित डिएलएले आईतबार राखेको विशेष अधिवेशनमा देउवाले सम्वोधन गरेको भन्दै कोइराला आक्रोशित भएका हुन । पार्टीका मुख्य सचिव  ऋषिकेश तिवारीद्धारा शनीबार जारी विज्ञप्तीमा   ‘सभापतिको प्रमुख आतिथ्य र नेता शेरबहादुर देउवा एवं पार्टी उपसभापति रामचन्द्र पौडेलको विशिष्ठ आतिथ्यतामा डीएलए नेपालको गत फाल्गुन १६ र १७ मा नेपालगञ्जमा विधिवत सम्पन्न नवौं महाधिवेशनबाट अधिवक्ता गोपालकृष्ण घिमिरेको अध्यक्षतामा निर्वाचित कार्यसमिति नै पार्टीको आधिकारिक शुभेच्छुक संस्था’ रहेको उल्लेख गर्दै कानून व्यवसायीहरुलाई विशेष अधिवेशनमा उपस्थित नहुन आग्रह गरिएको थियो । ‘त्यहा गएर बोल्नु गलत होइन । पार्टीलाई अप्ठ्यारो पर्दा गुहार गर्नुपर्ने कानून व्यवसायीहरुले राखेको कार्यक्रम बहिष्कार गर्ने होइन । मिलाउने हो । अहिले मैले मिलाउने कोसिस गरीरहेको छु’ देउवाको भनाई थियो,’पार्टी सभापति र प्रधानमन्त्री भनेको अभिभावक हो । घरको अभिभावक भागेर र रिसाएर हुँदैन । मिलाएर लैजाने दायित्व हो ।’ देउवाले सभापतिले पार्टीभित्र सवै विचार बोकेकाहरुलाई मिलाएर लैजान सक्नुपर्ने बताएमा । ‘त्यसमा पनि दुईटा पार्टी मिलेर एक भएको हो । एकता भएपछि सवै संरचना अहिले सम्म मिलीसकेको छैन । भातृसंस्थाको अधिवेशन गराएर मिलाऊ भन्दा सभापतिजीलृ नै मान्नु भएन । भंग गराउनु भयो । यी सवै बिषयलाई मिलाएर लैजानुपर्छ । मिलाउने प्रयास गर्दा गुटबन्दी गरेको हुदैन ।’
पार्टीका तीन नेताबीच बढ्न थालेको तिक्ततालाई नेताहरुले आसन्न पार्टीको १३ औ महाधिवेशनसंग जोडेर हेर्न थालेका छन । ‘संसदीय दलको बैठकमा जेजस्ता कुररुको  उठान भए, यो १३ औं महाधिवेशनको तयारी हो’ कांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाले भने,’सभापति एवं प्रधानमन्त्रीजीको पनि स्वास्थ्यमा सुधार भएको छ । अबको महाधिवेशनमा सभापति हुने भनेको यी तीन नेता मध्यबाटै हुने भयो । अहिलेको वादविवादपनि महाधिवेशनको रिफ्लेक्सन हो ।’
अर्का नेता प्रकाशरण महतले महाधिवेशनको रिफेल्सन भन्दापनि पार्टीलाई पम्परागत शैली र संरचनामा अघि बढ्ने चिन्तनको उपज रहेको बताए । ‘आसन्न महाधिवेशनको प्रशङ्ग कोही जोडएको होला तर प्रमुख कुरा नेतृत्वले आफ्नै कुरामात्रै लाद्ने मानसिकता देखिएको छ’ महतले भने,’अरुको कुरा सुन्न नेतृत्व तयार छैन । यसले पार्टीलाई स्वस्थ्य र गतिशिल होइन तदर्थबादमा चलाउन खोजेको आभास हुन्छ ।’ बैठकमा आफ्नो भनाई राख्न नपाएकोमा सभासद्हरु समेत आक्रोशित भएका थिए । देउवाले बोल्नसाथ प्रमुख सचेतक चीनकाजी श्रेष्ठले बैठक स्थगित गराएका थिए । कान्तिपुरबाट


  •  
  •  
  •