काठमाडौं, ७ भदौ । कांग्रेसमा उपसभापति राचमन्द्र पौडेलले १३ औं महाधिवेशनबाट नेतृत्व लिने रणनीति बनाइरहेका बेला वरिष्ठ नेता शेरबहादुर देउवा भने ‘शान्त’ छन् । देउवाको सक्रियता पौडेलको जस्तो देखिने गरी छैन । तर मौन बसेरै आफ्नो रणनीति सफल बनाउने योजनामा देउवा लागेका छन् ।
देउवाले प्रधानमन्त्री एवं पार्टी सभापति सुशील कोइरालाप्रति असन्तुष्टि र विरोध जनाएका छैनन् । बरु उनले संस्थापनकै शैलीमा समानान्तर पार्टीको स्वरुपलाई अघि बढाएका छन् । ढिलोचाँडो पार्टी नेतृत्व लिने सोचमा रहेका उनले शान्त रणनीतिबाटै पार्टीमा आफ्नो उपस्थिति र दाबेदारी प्रस्तुत गरिरहेका छन् ।
प्रमुख सत्ता साझेदार दल एमालेको प्रधानमन्त्री कोइरालाप्रति असन्तुष्टि र विपक्षी दलहरुले सरकारको प्रभावकारिता नभएको आरोप लगाइरहँदा पनि देउवाले सरकारको बचाउ गरेका छैनन् विरोध पनि गरेका छैनन् ।उनको प्रधानमन्त्री तथा पार्टी सभापति कोइरालासँग्को भेट भने निकै पातलो भएको छ ।
देउवा मौन बस्नुको अर्थ संविधान निर्माणमा विषयान्तर नहोस् भन्ने रहेको उनीनिकट नेता प्रकाशशरण महतले बताए । सरकार र पार्टी सञ्चालनमा कमजोरी नभएको भन्ने होइन,’ महतले भने,‘संविधान निर्माणका क्रममा रहेकाले विषयान्तर नहोस् भनेर देउवाजीले अन्यत्र ध्यान दिन नपाउनुभएको हो । आवश्यकता अनुसार देउवा सक्रिय हुने गरेको महतको मनाइ छ ।
नयाँ पत्रिका दैनिकमा खबर छ ।