कांग्रेसका वरिष्ठ नेता देउवाले थारु सभासदलाई यसो भने

109
  •  
  •  
  •  

काठमाडौं, ८ भदौं(ओएनएस) नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले टिकापुरको घटना पछि थारु सभासदलाई भेटेर थारु विरोधी नभएको बताएका छन् । देउवाले आफ्नै निवास बुढानिलकण्ठमा मंगलबार पत्रकार सम्मेलनमा थारु सभासदलाई बोलाएर यस्तो अभिव्यक्ति दिएका हुन् ।

पत्रकार सम्मेलनमा देउवाले आफ्नो दायाँ बायाँ दुबै तिर पार्टीका थारु नेता तथा सभासदलाई राखेर यस्तो धारणा राखेका हुन् । वरिष्ठ नेता देउवाले भने ‘थारुलाई जमिन दिलाउने म कसरी थारु विरोधी भएँ ।’

उनले थरुहट प्रदेश बनाउनु पर्ने थारु समुदायको मागबारे भने केही बोलेनन् ।  पत्रकार सम्मेलनमा वरिष्ठ नेता देउवाले आफूलाई थारुलाई रौं पनि दिन्न नभनेको दाबी गरे । तर, जिल्ला टुक्राउन नहुने पक्षमा हिजो,आज र भोलि पनि रहने बताए ।


  •  
  •  
  •