मुस्लिम समुदायको चाड बकर इद आज मनाईदै

138
  •  
  •  
  •  

काठमाडौं, २० असोज (ओएनएस) : मुस्लिम समुदायको चाड बकर इद अर्थात इदुल अज्हा आज मनाईदै छ । मुस्लिम धर्मावलम्बीका लागि बक्रा इद रमजान इद(उल–फित्र) पछिको दोस्रो ठूलो चाड बकर ईद हो । बकर इदको अवसरमा मुस्लिम समुदायले नजिकको मस्जिद र इदगाहमा नमाज पढेर आ–आफनो घरमा कुर्वानी अर्थात बलि दिने गर्दछन् ।

बकर इदको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ । इस्लामी पात्रो हिजरी सम्बतको नवौं रमजनाल मुबारक महिनाभरि ब्रत बसेपछि इदउल फित्र मनाइन्छ भने १२ औं महिना जिल्हिज्जाको पहिलो हप्ता बकर इद मनाईछ । जिल्हिज्जा महिनाको ८ तारिखदेखि साउदी अरबमा हज शुरु हुन्छ ।यसैबीच बकर इदको अवसरमा राष्ट्रपति डा. रामवरण यादवले मुस्लिम समुदायलाई शुभ कामना दिएका छन् ।

उनले इदले आपसि मेलमिलाप र सद्भाव अभिबृद्धि गरोस भन्ने कामना गरेका छन् । बकर इदको अवसरमा प्रधानमन्त्री सुसिल कोइरालाले शुभकामना दिदै धार्मिक एकता र सद्भाव कायम होस भन्ने कामना गरेका छन् । बिज्ञप्ती मार्फत प्रधानमन्त्रीले धार्मिक स्वतन्त्रता कायम हुने संविधान तोकिएकै समयमा जारी हुने बिश्वास समेत व्यक्त गरेका छन् । यस्तै एकीकृत माओवादीक अध्यक्ष पुष्पकमल दाहालले शुभकामना दिदै मुस्लिम समुदायको पहिचाँन स्थापित हुने संविधान बन्ने विश्वास व्यक्त गरेका छन् ।


  •  
  •  
  •