काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संस्थापन इतर समूहले केन्द्रीय कार्यसमिति बैठक बहिष्कार गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक संस्थापन इतर समूहले बहिष्कार गरेका हुन् ।
पार्टी सभापति शेरबहादुर देउवाले इतर समूहको माग अनुसार महाधिवेशनको एजेण्डालाई छलफलको विषय बनाउन नमानेपछि बैठक बहिष्कार गरिएको केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले बताए ।
बैठक बस्नुअघि भएको शीर्ष नेताहरुबीचको छलफलमा संस्थापन इतर समूहले महाधिवेशनको एजेण्डा बैठकमा पेस गरिनुपर्ने र महाधिवेशनको कार्यतालिका बनाएर अगाडि बढ्नुपर्ने माग राखेको थियो ।