नेविसंघमाथि प्रहरीले बल प्रयोग गरेको भन्दै कांग्रेसको आपत्ति

123
  •  
  •  
  •  

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कालापानीका पक्षमा प्रदर्शन गरेका नेविसंघमाथि प्रशासनले बल प्रयोग गरेकोभन्दै आपत्ति जनाएका छन् ।

भिडियोसहित ट्वीट गरेका शर्माले राष्ट्रिय झण्डासँगै नेविसंघको झण्डा फहराउँदै, कालो बेलून उडाँदै कालापानीका पक्षमा प्रदर्शन गर्दा बल प्रयोग भएकोप्रति आपत्ति जनाए ।

भिडियोसहित शर्माले ट्वीट गरेका शर्माले भनेका छन्, ‘राष्ट्रिय झण्डासँगै नेविसंघको झण्डा फहराउँदै कालो बेलून उडाउँदै सडकमा निक्लदै गरेका विद्यार्थीलाई ठूलो संख्यामा बल प्रयोग गरेर अस्कल क्याम्पसको गेटमा रोक्ने प्रयत्न ।’

शर्माले यस विषयमा सरकारसँग जवाफ मागेका छन् । ‘कालापानीका पक्षमा प्रदर्शन पनि अस्वीकार्य हुन लागेको हो सरकार ? जवाफ चाहियो,’ शर्माले ट्वीटमा लेखेका छन् ।


  •  
  •  
  •