कांग्रेसकाे उपनिर्वाचन लक्षित समन्वय समिति गठन

74
  •  
  •  
  •  

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनलाई लक्षित गर्दै ‘अनुगमन तथा निर्वाचन आयोग समन्वय समिति’ गठन गरेको छ ।

कांग्रेसले केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा ६ सदस्यीय समन्वय समिति गठन गरिएको हो ।
उपनिर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, धांधलीरहित एवं भयरहित वातावरणमा सफलतापूर्वक सम्पन्न गर्न पार्टीको विधान बमोजिम ‘अनुगमन तथा निर्वाचन आयोग समन्वय समिति, उपनिर्वाचन–२०७६’ गठन गरिएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उक्त समितिमा केन्द्रीय सदस्यहरु सीता गुरुङ, नेपाल प्रेस यूनियन वरिष्ठ उपाध्यक्ष दिपक आचार्य, केन्द्रीय निर्वाचन समिति सदस्यसमेत रहेका अधिवक्ता सीताराम केसी, अधिवक्ता तेज रावल र अधिवक्ता केशव रिजाल सदस्य रहेका छन् ।

समितिले निर्वाचन आयोगबाट जारी गरिएको आचारसंहिताको पालना तथा प्रभावकारी कार्यान्वयन भए नभएको अनुगमनसँगै उपनिर्वाचनमा सुरक्षा व्यवस्था पर्याप्त भए नभएको हेर्ने मुख्य सचिव पौडेलले बताए ।
समितिले उपनिर्वाचन हुने सबै जिल्लामा पार्टीको स्थानीय तहमा अनुगमन तथा स्थानीय निर्वाचन कार्यालय समन्वय समिति गठन गरेर आवश्यक निर्देशन दिने पनि उनको भनाइ छ ।

उपनिर्वाचनलाई स्वतन्त्र, निश्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न उचित सुरक्षा व्यवस्थापनको अवस्था हेरी समितिले निर्वाचन आयोग र सम्बन्धित निकायको ध्यानाकर्षण र समन्वय गर्ने, उपनिर्वाचनमा पार्टीका सम्बन्धित निकाय, उम्मेदवार र सदस्यहरुलाई पार्टीका पक्षमा प्रचारप्रसार गर्न, बढीभन्दा बढी मतदातालाई मतदान गर्न उत्प्रेरित गर्ने, स्वच्छ, स्वतन्त्र रुपले मतदान कार्य सम्पन्न गर्न र मतगणना लगायतका कार्य व्यवस्थित गर्न क्रियाशील गर्ने पनि समितिले जिम्मेवारी पाएको छ ।

समितिले उपनिर्वाचनको क्रममा पार्टीको उम्मेदवार, निकाय र सदस्यहरुबाट निर्वाचन कानुन र आचारसंहिता तथा पार्टी विधानको परिपालना हुने अवस्था सुनिश्चित गर्ने र अन्य पार्टी वा उम्मेदवारबाट निर्वाचन सम्बन्धी कानुन वा आचारसंहिता उल्लंघन भएमा उचित कानुनी कारवाहीका लागि आवश्यक प्रक्रिया अपनाउने पनि बताइएको छ ।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here