कांग्रेसका खेमराज पौडेलद्वारा उम्मेदवारी दर्ता

73
  •  
  •  
  •  

काठमाडौं । कास्की–२ को उपनिर्वाचनमा कांग्रेसका खेमराज पौडेलले उम्मेदवारी दर्ता गरेका छन् । यसअघि उम्मेदवारको आकांक्षी देवराज चालिसे र सोभियत बहादुर अधिकारीको प्रस्ताव र समर्थनमा पौडेलले उम्मेदवारी दर्ता गरेका हुन् ।

कास्की–२ मा सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट विद्या भट्टराईले उम्मेदवारी दर्ता गराइसकेकी छिन् ।

भट्टराईले दोस्रो नम्बरमा उमेदवारी दर्ता गरेकी थिइन् । त्यस्तै साझा पार्टीकी रजनी केसी र अन्य तीनजना स्वतन्त्र उमेदवारले पनि उपनिर्वाचनका लागि आफ्नो उम्मेदवारी दिएका छन् ।


  •  
  •  
  •