बाँके घटनाको विरोधमा कांग्रेसले काठमाडौंमा प्रदर्शन गर्ने

127
  •  
  •  
  •  

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बाँकेको खजुरा गाउँपालिका–२, सीतापुरमा चलिरहेको जागरण अभियानमा बिहीबार भएको आक्रमणको विरोधमा काठमाडौंमा प्रदर्शन गर्ने भएको छ ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै काठमाडौ, ललितपुर र भक्तपुरका जिल्लाको अगुवाइमा शनिबार माइतीघर मण्डलामा प्रदर्शनसहित कांग्रेसले गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउने जानकारी गराएका हुन् ।

उक्त बिरोध प्रदर्शनमा सहभागी हुन कांग्रेसले सबैलाई आह्वान समेत गरेको छ । पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘यो घट्नाले राजनीतिक प्रवृति देखिएको छ ।’

उनले नेपाल कम्युनिष्ट पार्टीका उदण्ड कार्यकर्ताबाट घटना घटाइएको बताए । शर्माले घटनामा प्रहरी समेत मखदर्शक बनेको बताए ।

बिहीबार बाँकेको सीतापुरस्थित रेडक्रसको सभाकक्षमा भएको कांग्रेसको हिमाल, पहाड, तराई राष्ट्रिय जागरण अभियान अन्तर्गत दोस्रो चरणको कार्यक्रममा नेकपाका कार्यकर्ताहरुले आक्रमण गरेका थिए ।

आक्रमणमा कांग्रेस, बाँकेकी सभापति किरण कोइरालाको हात भाँचिएको थियो भने अन्य घाइते भएका थिए ।
कांग्रेसका सबै शिर्ष नेताहरुले उक्त घटनाको भत्सना गरि दोषीलाई कार्बाही गर्न गरिसकेका छन् ।

कांग्रेस बाँकेले घटनामा संलग्नलाई पक्राउ गरेर कडा भन्दा कडा कारबाही नगरे आन्दोलन गर्ने चेतावनी दिइसकेको छ ।
नेपाली कांग्रेस केन्द्रीय कार्यालयले बिहीबार नै एक विज्ञप्ति निकालेर घटनाको भत्सना गरेको छ ।

Nepali Congress यांनी वर पोस्ट केले शुक्रवार, १३ सप्टेंबर, २०१९


  •  
  •  
  •