कांग्रेसको जागरण अभियानका लागि केन्द्रीय प्रतिनिधिहरुको टुंगो लाग्यो

585
  •  
  •  
  •  

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मंगलबार(भोली) देखि शुरु गर्ने दोस्रो चरणको राष्ट्रिय जागरण अभियानमा खट्ने सातै प्रदेशका केन्द्रीय प्रतिनिधिहरुको टुंगो लगाएको छ ।

सोमबार तीन वटा प्रदेशमा खट्ने प्रतिनिधिको टुंगो लगाएको कांग्रेसले मंगलबार सातै प्रदेशको प्रतिनिधिको टुंगो लगाएको हो ।

सोमबार प्रदेश नम्बर १, कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशमा खटिने केन्द्रीय प्रतिनिधिहरुको टुंगो लगाएको थियो भने मंगलबार प्रदेश नम्बर २, प्रदेश नम्बर ३, गण्डकी प्रदेश र प्रदेश नम्बर ५ मा खटिने प्रतिनिधिको टुंगो लगाएको छ ।
योसँगै सातै प्रदेशमा खट्ने केन्द्रीय प्रतिनिधिहरुको टुंगो लागेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

जागरण अभियानमा हरेक प्रदेश सभा निर्वाचन क्षेत्रमा एक जनाका दरले केन्द्रीय प्रतिनिधि खटाइएको छ ।
एउटा मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको जिल्लामा २ जना केन्द्रीय प्रतिनिधि परेका छन् भने १ भन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको जिल्लामा भने हरेक प्रतिनिधिसभा निर्वाचन क्षेत्र बराबर २ जनाका दरले प्रतिनिधि खटाइएको छ ।

केन्द्रीय प्रतिनिधिमा पूर्वमन्त्री, पूर्व सांसद, पूर्व सभापति, प्रतिनिधिसभा र राष्ट्रियसभाका उम्मेद्वारहरु रहेका छन् ।
दोस्रो चरणको अभियान मंगलबारदेखि असोज ७ गतेसम्म चल्ने प्रवत्ता शर्माले बताए ।


  •  
  •  
  •