कांग्रेसले राष्ट्रिय जागरण अभियानको घोषणा गर्दै

236
  •  
  •  
  •  

काठमाडौं । नेपाली कांग्रेसले दोश्रो चरणको राष्ट्रिय जागरण अभियानको आज घोषणा गर्दैछ ।  १०५ औं विपिजयन्तीको अवसर पारेर २४ भदौबाट १० असोजसम्म दोश्रो चरण जागरण अभियान गर्ने तय गरिसकेको छ ।


यसअघि पार्टी संगठनको सुदृढीकरणका लागि भन्दै कांग्रेसले वैशाख २५ देखि जेठ २५ सम्म ७७ वटै जिल्लामा राष्ट्रिय जागरण अभियान सञ्चालन गरेको थियो ।

दोश्रो चरण अन्तर्गत कांग्रेसले प्रदेश स्तरीय निर्वाचन क्षेत्रमा जागरण अभियान सञ्चालन गर्ने तयारी गरेको छ । अबको अभियान पहिलो चरणको अभियान भन्दा भिन्न हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।


  •  
  •  
  •