कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

629
  •  
  •  
  •  

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज(बिहीबार) बस्दैछ ।  बाढी र डुवानको समस्याका कारण स्थगित बैठक दिउँसो दुई बजेका लागि बोलाइएको हो । बैठक पार्टी कार्यालय सानेपा ललितपुरमा बस्नेछ ।

फाइल तस्बिर

बैठकमा नियमावलीमा सहमति जुटाउन प्रयास हुने नेताहरुले बताएका छन् । पार्टीको नीति र सिद्धान्तमा समेत छलफल गर्न नपाइने व्यवस्था नियमावलीमा भएको भन्दै कांग्रेस नेताहरुले असन्तुष्टि जनाउँदै आएका छन् । अनुशासन र आचारसंहिता लगायतका विषयमा पनि विवाद छ ।

नियमावलीमा सहमति जुटाउनका लागि बुधबार पार्टी सभापति शेरबहादुर देउवा लगायतका नेताले छलफल गरेपनि सहमति भने जुट्न सकेको थिएन् ।
कांग्रेस बैठकमा १४ औं महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रक्रिया अगाडि बढाउने विषयमाथि छलफल हुने बताइएको छ ।


  •  
  •  
  •