कांग्रेस केन्द्रीय समिति बैठक : पार्टीको नियमावली पारित

75
  •  
  •  
  •  

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको नियमावली, २०७६ पारित गरेको छ ।

पार्टीको केन्द्रीय कार्यसमिति बैठकले पार्टीको संशोधित नियमावलीको मस्यौदा उपर प्राप्त सुझावलाई मस्यौदा समितिले सहमतिमा परिमार्जन गर्ने गरी सर्वसम्मतिले पारित गरेको हो ।

जारी केन्द्रीय कार्यसमितिको बैठकमा पहिलो दिन आइतबार यही असार २२ गते नियमावली संशोधन मस्यौदा समितिका संयोजक रमेश लेखकले ‘नेपाली कांग्रेसको नियमावली, २०७६’ प्रस्तुत गरेका थिए ।

बैठकले देशको विभिन्न भागमा केही दिन यता अविरल वर्षा र पहिरोका कारण भएको जनधनको क्षतिलाई मध्यनजर राखी जारी केन्द्रीय समिति बैठक केही दिनका लागि स्थगित गरेर उद्धार र राहतको कार्यमा समर्पित हुने निर्णयसमेत गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।


  •  
  •  
  •