कांग्रेसको अवरोधकाबीच नीति तथा कार्यक्रम बहुमतले पारित

347
  •  
  •  
  •  

काठमाडौं, २४ वैशाख(ओएनएस) : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधका बाबजुद २०७६/०७७ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।

संघीय संसदको प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिले संसदको गरिमा घटाएको भन्दै प्रमुख प्रतिपक्षीले विरोध जनाएका थिए ।
प्रधानमन्त्री ओलीले आक्रोश, कुण्ठा र निम्छरो अभिव्यक्तिहरुलाई वास्ता नगरेर प्रश्नहरुको जवाफ दिन्छु भनेपछि संसदमा प्रमुख प्रतिपक्षले संसद अवरुद्ध गरेको थियो ।
सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएको प्रश्नको प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिए । लगत्तै कांग्रेसका सांसदहरुले प्रश्न गरेका थिए ।


  •  
  •  
  •