कांग्रेसको देशव्यापी जागरण अभियान स्थगित

493
  •  
  •  
  •  

काठमाडौं, ११ वैशाख(ओएनएस) : प्रमुख प्रतिपक्षीप् दल नेपाली कांग्रेसले आजदेखि थाल्ने भनिएको देशव्यापी जागरण अभियान स्थगित गरिएको छ ।

मंगलबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले ‘हिमाल, पहाड, तराई–मधेश, नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ नाम दिइएको सो अभियान कांग्रेस नेता रामकृष्ण ताम्राकारको निधनमा शोक जनाउँदै हाललाई स्थतित गरिएको हो ।

पूर्वमन्त्री तथा कांग्रेसका कोषाध्यक्षसमेत रहेका नेता ताम्राकारको मंगलबार दिउँसो ३ः४५ बजे ललितपुरस्थित अल्का अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

नेता ताम्राकारको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकस्वरुप अभियानको पहिलो चरणको कार्यक्रम हाललाई स्थगित गरिएको हो ।

केन्द्रीय कार्यसमितिको निर्णयअनुसार एक महिने कार्यक्रमको मिति परिवर्तन गरिएको छ । अब उक्त कार्यक्रम वैसाख २५ गतेदेखि प्रारम्भ भई जेठ २५ गतेसम्म देशभरका सबै जिल्लाहरूमा पूर्ववत रुपमा सञ्चालन हुने कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

नेता ताम्राकारको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि बुधबार बिहान १०ः३० देखि दिउँसो १ः०० बजेसम्म पार्टीको केन्द्रीय कार्यालय, सानेपामा राखिनेएको छ । ताम्राकारको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिनेछ ।


  •  
  •  
  •