‘राष्ट्रिय जागरण अभियान’का लागि कांग्रेसले खटायो केन्द्रीय प्रतिनिधि

129
  •  
  •  
  •  

काठमाडौं, ६ वैशाख(ओएनएस) : नेपाली कांग्रेसले राष्ट्रिय जागरण अभियानका लागि केन्द्रीय प्रतिनिधिहरु खटाएको छ ।
यहि वैशाख ११ गतेबाट शुरु हुन लागेको पहिलो चरणको जागरण अभियानका लागि कांग्रेसले शुक्रबार ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधिहरु खटाएको हो ।

कांग्रेसले पहिलो चरणको जागरण अभियानमा केन्द्रीय समितिका पदाधिकारी र केन्द्रीय अनुशासन समितिका सदस्यहरुलाई जिल्ला प्रतिनिधिका रुपमा भने खटाएको छैन् ।

प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘केन्द्रीय पदाधिकारी र अनुशासन समितिका साथीहरुलाई प्रतिनिधिका रुपमा खटाइएको छैन् । तर उहाँहरु उद्घाटनको दिन कहीँ न कहीँ सामेल भने हुनुहुन्छ ।’

वैशाख ११ मा शुरु भएर जेठ ११ मा सम्पन्न हुने पहिलो चरणको ‘हिमाल पहाड, तराई–मधेस नेपाली कांग्रेसको राष्ट्रिय जागरण अभियान’ का लागि ७७ जिल्लाका प्रतिनिधिहरु निम्नानुसार खटिएका छन् ।

 

 


  •  
  •  
  •