कांग्रेसका जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय सम्मेलन आज सकिँदै

268
  •  
  •  
  •  

कास्की, २९ चैत(ओएनएस) : नेपाली कांग्रेसका जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय सम्मेलन आज सकिँदैछ । सम्मेलनको दोस्रो दिन आज बन्द सत्र हुनेछ ।

बन्द सत्रमा पार्टीको आर्थिक स्रोतको ब्यवस्थापन परिचालन पारदर्शिताका साथै पार्टीले गरेका पछिल्ला कामको समिक्षा, सरकारका काम र निर्णय तथा त्यसबारेमा पार्टीको धारणा लगायतका विषयमा छलफल हुने कोषाध्यक्षहरुको राष्ट्रिय कार्यसमितिका महासचिव लक्ष्मी पाण्डेले जानकारी दिए ।

सम्मेलनले पोखरा घोषणापत्र जारी गर्नेछ । पार्टीलाई चलायमान र सुदृढिकरण बनाउने उद्देश्यले सम्मेलनको आयोजना गरिएको कांग्रेस जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय कार्यसमितिका अध्यक्ष गोविन्द पुडासैनीले जानकारी दिए ।

सम्मेलनले विदेश पलायन युवाहरुलाई स्वदेशमा नै रोजगारीको व्यवस्था गर्न सरकारलाई दबाब दिने र भातृ तथा शुभेच्छुक संस्थालाई महाधिवेशनमार्फत अघि बढाउन पार्टीलाई दबाब दिने बताइएको छ ।


  •  
  •  
  •