कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित

395
  •  
  •  
  •  

काठमाडौं, २३ चैत(ओएनएस) : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको शनिबार बस्ने भनिएको केन्द्रीय कार्यसमिति बैठक अन्तिम समयमा आएर स्थगित भएको छ ।

केन्द्रीय कार्यसम्पादन समिति गठनका लागि शनिबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको थियो । बैठकका लागि नेताहरु पार्टी कार्यालय सानेपामा उपस्थित भएका थिए । तर, बैठक अन्तिम समयमा आएर स्थगित भएको हो ।

शीर्ष नेताहरुबीच व्यापक सहमति खोजेर केन्द्रीय कार्यसम्पादन समिति गठन गर्न सभापति शेरबहादुर देउवाले बैठक स्थगित गरेको पार्टीका केन्द्रीय सदस्य महेन्द्र यादवले बताए।

शुक्रबार नेताहरुबीच भएको छलफलमा देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेलाई आफू बाहेक ८ जनाको नाम दिन प्रस्ताव गरेका थिए ।

यसमा नेता कृष्ण सिटौलाको असन्तुष्टि देखाएका छन् । दुबै समूहले पनि आफ्नो तर्फबाट नाम टुंग्याएको छैन ।


  •  
  •  
  •