कांग्रेस जिल्ला सभापतिहरु आज भेला हुँदै

389
  •  
  •  
  •  

काठमाडौं, २० चैत(ओएनएस) : कांग्रेस महासमिति बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले दिएको आश्वास पूरा नगरेको भन्दै असतुष्ट जिल्ला सभापतिहरु आज भेला हुँदैछन् ।

भेलामा सभापति देउवा निकट जिल्ला सभापतिहरुको सहभागि नहुने भएका छन् । जिल्ला सभापतिहरुले कांग्रेस विधानमा केन्द्रीय सदस्य स्वतः महाधिवेशन प्रतिनिधि बन्ने प्रावधान हटाउनुपर्ने बताउँदै आएका छन् । स्वतः प्रतिनिधि र आरक्षण सुविधाका बारेमा अकिांश जिल्लासभापतिको एक मत भएपनि भेलाका विषयमा भने देउवा समुहका सभापतिहरुको आपत्ति रहेको छ ।

सभापति देउवासँग असतुष्ट सभापतिहरुको भेलामा ४ दर्जनभन्दा बढी जिल्ला सभापति सहभागि हुने आयोजकले दाबी गरेका छन् ।

गएको फागुनमा ५६ जिल्ला सभापतिले विज्ञप्ति निकालेर केन्द्रीय समितिको निर्णय नसच्चिए विशेष महाधिवेशनको माग गरेका थिए ।


  •  
  •  
  •