हावाहुरी पीडितलाई कांग्रेसले २५ लाख सहयोग गर्ने

406
  •  
  •  
  •  

काठमाडौं, १९ चैत(ओएनएस) : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बारा र पर्साका हावाहुरी पीडितलाई २५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

मंगलबार हावाहुरी प्रभावित क्षेत्रमा पुगेर सभापति शेरबहादुर देउवाले प्रभावितहरुका लागि पार्टीका तर्फबाट २५ लाख रुपैयाँ आर्थिक सहायता गर्ने घोषणा गरेका हुन् ।

यसअघि सोमबार प्रभावित क्षेत्रमा पुगेर कांग्रेस उपसभापति विमलेन्द्र निधिले हावाहुरीबाट घरबारबिहिन भएकाहरुको अस्थायी बसोबासको व्यवस्थाका लागि १० लाख रुपैयाँ आर्थिक सहायता प्रदान गर्ने बताएका थिए । उनले प्रदेश नम्बर २ कांग्रेसका तर्फबाट उक्त सहयोग राशीको घोषणा गरेको बताइएको छ ।

यस्तै कांग्रेस संसदीय दलले पनि संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसदहरुको दुई दिनको पारिश्रमिक बराबरको रकम पनि हावाहुरी प्रभावितलाई सहयोग गर्ने निर्णय गरिसकेको छ ।


  •  
  •  
  •