कांग्रेस संसदीय दलको बैठक बस्दै

879
  •  
  •  
  •  

काठमाडौं, ११ चैत(ओएनएस) : समसामयिक राष्ट्रिय राजनीतिक विषयमा छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दैछ । बैठक पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा अपराह्न बस्न लागेको हो ।

बैठकमा पार्टीले संसदमा खेलेका भूमिकाका बारेमा समीक्षा हुने बताइएको छ । साथै बैठकमा जनचासोका सार्वजनिक मुद्दा, सरकारका काम कारबाही लगायत विषयमा छलफल हुने पार्टी सचेतक पुष्पा भुसालले जानकारी दिइन् ।


  •  
  •  
  •