कांग्रेस बैठक : अनुशासन समितिले पायो पूर्णता, केन्द्रीय निर्वाचन समिति गठन

357
  •  
  •  
  •  

काठमाडौं, ५ चैत(ओएनएस) : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको मंगलबार बसेको केन्द्रीय समिति बैठकले अनुशासन समितिलाई पूर्णता दिएको छ ।

फाइल तस्बिर

बैठकले रिक्त रहेको पदमा दुई जनाको नाम थप गर्दै अनुशासन समितिलाई पूर्णता दिएको हो ।  पाँच सदस्यीय अनुशासन समितिमा उमाकान्त चौधरी र धनराज गुरुङलाई चयन गरेको छ ।

यसअघि सोमबार बसेको बैठकले भीष्मराज आङदम्बेको अध्यक्षमा देवेन्द्रराज कँडेल र किशोरसिंह राठौर सदस्य रहेको समिति गठन गरेको थियो ।

उक्त समितिमा सदस्य रहने गरी सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई नाम सिफारिश गर्न आग्रह गरेका थिए ।

नेता पौडेलले सिफारिश गरेका नामहरु केन्द्रीय समिति बैठकले सर्वसम्मत अनुमोदन गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जनाकारी दिएको छ ।

बैठकले राधेश्याम अधिकारीको संयोजकत्वमा केन्द्रीय निर्वाचन समिति गठन गरेको छ ।
प्रवक्रा शर्माका अनुसार समितिमा गोपालकृष्ण घिमिरे, खम्मबहादुर खाती, सीताराम केसी र टेकराज पौडेल सदस्य रहेका छन् ।

बैठकले नेता रमेश लेखकको संयोजकत्वमा पार्टी नियमावली मस्यौदा समिति समेत गठन गरेको छ । समितिमा मीनबहादुर विश्वकर्मा, जीवन परियार, ईश्वरी न्यौपाने र प्रदीप पौडेललाई सदस्यमा चयन गरिएको छ ।


  •  
  •  
  •