कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

निर्वाचन समिति र नेविसंघको तदर्थ समितिका विषयमा छलफल गरिने
230
  •  
  •  
  •  

काठमाडौं, ५ चैत(ओएनएस) : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ । निर्वाचन समिति र नेविसंघको महाधिवेशनका लागि तदर्थ समिति गठन गर्ने विषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।

फाइल तस्बिर

पार्टी कार्यालय सानेपा ललितपुरमा दिउँसो बस्ने बैठकमा यसअघि निर्णय हुन नसकेका समिति गठनका लागि सहमतिको प्रयास हुने नेताहरुले बताएका छन् ।

सोमबारको बैठकले पार्टीका शिर्ष नेताहरुको सहमतिमा अनुशासन समिति गठन गरेको थियो । सोमबारको बैठकले केन्द्रीय सदस्य भीष्मराज आङदम्बेको संयोजकत्वमा केन्द्रीय सदस्यद्वय देवेन्द्रराज कँडेल र किशोरसिंह राठौर लगायत ५ सदस्य रहनेगरी पार्टीको केन्द्रीय अनुशासन समिति गठन गरेको थियो ।


  •  
  •  
  •