कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

पार्टी भित्रको असन्तुष्टि लगायत विषयमा छलफल हुने
311
  •  
  •  
  •  

काठमाडौं, ४ चैत(ओएनएस) : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ ।

पार्टीभित्रको असन्तुष्टि, देशको बस्तुस्थिति, सरकारले ल्याएका विवादास्पद विधेयकहरुका बारेमा छलफल गर्न बैठक बस्न लागेको हो ।

पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुरमा हुने बैठकमा अनुशासन समिति र केन्द्रीय निर्वाचन समिति गठन लगायतका विषय एजेण्डाका रुपमा रहेका छन् । असन्तुष्ट पौडेल पक्षले भने आजको केन्द्रीय समितिको बैठक बहिस्कार गर्ने तयारी गरेको छ ।

महासमिति बैठकबाट पारित विधान उल्टाएर संस्थापन पक्षले बहुमतबाट गरेपछि पौडेल पक्ष असन्तुष्ट छ । संस्थापन पक्षले अनुशासन र निर्वाचन समिति पनि बहुमतबाट निर्माण गर्न लागेपछि उनीहरु थप चिढिएका हुन् ।

सहमति प्रयासका लागि आइतबार सभापति शेरबहादुर देउवाको निवासमा पाँचघन्टा बैठक बसेको थियो । तर बैठक निस्कर्ष विहीन टुंगिएको थियो ।


  •  
  •  
  •