सरकार र राउतबीच भएको ११ बुँदे सहमतिप्रति कांग्रेसको ध्यानाकर्षण

325
  •  
  •  
  •  

काठमाडौं २८ फागुन(ओएनएस) : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार र सिके राउतबीच भएको ११ बुँदे सहमतिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

कांग्रेस संसदीय दलको कार्यालयले विज्ञप्ति एक विज्ञप्ति जारी गर्दै यो सहमतिका दुवै पक्षले सहमतिबारे गरेको अलग–अलग व्याख्याले अन्योल सिर्जना भएको जनाएको छ ।

उक्त विज्ञप्तिमा भनिएको छ, ‘देशको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई कमजोर पार्ने गरी कसैले पनि कुनै सम्झौता, सहमति गर्ने छुट पाउँदैछछ् ।’

‘सहमतिमा प्रयोग गरिएको जनअभिमतको आशय सिके राउत पक्षले स्वतन्त्र मधेस राष्ट्रको लागि जनमतसङ्ग्रह हो भन्ने धारणा व्यक्त गर्दै आएको छ । सहमति पश्चात् सिके राउतको जनकपुर भ्रमणमा प्रदर्शन गरिएका ब्यानर, प्लेकार्ड तथा लगाइएका नाराले नेपालको राष्ट्रिय एकता र भौगोलिक अखण्डतालाई गम्भीर प्रतिकूल प्रभाव पार्ने अवस्था सिर्जना भएको छ’, विज्ञप्तिमा उल्लेख छ ।

संयुक्त रूपमा जारी विज्ञप्तिमा सहमतिप्रति दुवै पक्ष इमान्दार रहँदै समान धारणाका साथ कार्यान्वयनमा गम्भीर हुनुपर्नेमा त्यस्तो नदेखिएकाले आशंका उत्पन्न भएको जनाइएको छ ।


  •  
  •  
  •