कांग्रेस केन्द्रीय समिति बैठक स्थगित, अर्को बैठक बिहीबार बस्ने

420
  •  
  •  
  •  

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । शुक्रबार दिउँसो एक बजेका लागि बोलाएको केन्द्रीय समितिको बैठक पुस १० गतेसम्मका लागि स्थगित गरिएको हो ।

मंसिर २६ गते बोलाइएको केन्द्रीय समितिको बैठमा १४ औं महाधिवेशनको कार्यतालिका ल्याउनुपर्ने माग गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बहिष्कार गर्दै आएको छ ।

पौडेल पक्षको बहिष्कारपछि गत सोमबार र बुधबार केन्द्रीय समिति बैठक बस्दै नबसी स्थागित भएको थियो । महाधिवेशनको कार्यतालिका, भ्रातृ संगठन तथा विभाग गठनका विषयमा सहमतिको प्रयास जारी रहेकाले बैठक स्थागित गरिएको केन्द्रीय कार्यालयले जनाएको छ ।


  •  
  •  
  •