कांग्रेस जिल्ला कोषाध्यक्षहरुको भेला शुरु हुँदै

332
  •  
  •  
  •  

पोखरा, २८ चैत(ओएनएस) : नेपाली कांग्रेसका जिल्ला कोषाध्यक्षहरुको भेला आजदेखि पोखरामा शुरु हुँदैछ । शुक्रबारसम्म चल्ने भेलामा संगठन सुदृढीकरणको विषयमा छलफल केन्द्रीत हुने जनाइएको छ ।

पोखरा सभागृहमा हुने सम्मेलनको उद्घाटन सत्रलाई सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललगायत शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यसमिति अध्यक्ष गोविन्द पुडासैनीले जानकारी दिएका छन् ।

सम्मेलनले गुट उपगुट अन्त्य गर्दै पार्टीलाई एकढिक्का भएर अघि बढाउन दबाबमूलक सुझाव दिने उनले बताए ।
सम्मेलनले युवा जनशक्तिलाई स्वदेशमै रोजगारी व्यवस्था गर्न सरकारलाई दबाब दिने कार्यनीति तय गर्न र भ्रातृ संगठनहरूलाई महाधिवेशनमार्फत अघि बढाउन नेताहरूलाई बाटो देखाउने अपेक्षा गरिएको उनले बताए ।

कांग्रेस कोषाध्यक्षहरूको २०७३ पुस ८ र ९ मा काठमाडौंमा पहिलो र २०७४ चैत ७ र ८ मा नुवाकोटमा दोस्रो सम्मेलन भएका थिए ।


  •  
  •  
  •