कांग्रेस पदाधिकारी बैठक : विभाग गठनमा सहमति जुटाउने प्रयास

481
  •  
  •  
  •  

काठमाडौं, २५ चैत(ओएनएस) : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानअनुसार केन्द्रीय विभाग गठनका लागि सहमति जुटाउन प्रयास गरेका छन् ।

फाइल तस्बिर

बूढानीलकण्ठस्थित सभापति देउवा निवासमा सोमबार बिहान बसेको पदाधिकारी बैठकमा विभाग गठन सम्बन्धमा छलफल भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् ।

पार्टीको नयाँ विधानअनुसार २८ केन्द्रीय विभाग छन् । तेह्रौँ महाधिवेशन सम्पन्न भएको तीन वर्ष पुगिसक्दा समेत केन्द्रीय विभाग हालसम्म गठन हुन सकेका छैनन् ।

यसअघि गत शनिबारका लागि तय भएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकका कार्यसूचीमा शीर्ष नेताबीच सहमति नभएपछि बस्दै नबसी स्थगन गरिएको थियो ।

बैठकमा कार्य सम्पादन समिति गठन, संसदीय बोर्ड गठन, केन्द्रीय विभाग गठनलगायत कार्यसूची थियो ।
विभाग गठनको अधिकार सभापति देउवालाई भए पनि सबै पक्षको सहमति जुटाउन छलफल गरिएको पार्टी उपसभापति विमलेन्द्र निधिले जानकारी दिएका छन् ।

विभागका संयोजक तोक्न केन्द्रीय समिति बैठक बस्न पनि आवश्यक नभएको बताउँदै उनले केन्द्रीय समितिको आगामी बैठकअघि नै विभागका संयोजक तोक्ने तयारी भइरहेको जानकारी गराए ।

त्यस्तै पार्टीको केन्द्रीय कार्यसम्पादन समिति गठन सम्बन्धमा शीर्ष नेताबीच संख्यामा सहमति भए पनि नामका बारेमा समेत आजको बैठकमा छलफल भएको जनाइएको छ । डा.शेखर कोइराला र उमाकान्त चौधरीलाई थप्ने सहमति कार्यसम्पादन समितिमा जुटेको छ ।

बैठकमा कांग्रेस नेता कृष्ण प्रसाद सिटौला भने  उपस्थित भएनन् । बैठकले उनी निकट रहेका चोधरीलाई कार्यसम्पादन समिति समेट्ने सहमति भएको छ ।

सिटौलाले कार्य कार्यसम्पादन समिति बरिष्ठताको आधारमा हुनुपर्ने, जिल्ला सभापतिहरुको मागअनुसार केन्द्रीय सदस्य पनि वडा तहबाटै निर्वा्चित हुनुपर्ने अडान राख्दै आएका छन् ।

सिटौलाले नेपाल विद्यार्थीसँगको तदर्थ समिति गठन गर्दा केन्द्रीय कमिटीले पारित गरेको विधानअनुसार ३२ वर्ष लागू हुनुपर्ने लगायतका माग राख्दै आएका छन् ।


  •  
  •  
  •