कांग्रेसका सभापति देउवाविरुद्ध अनुशासन समितिमा उजुरी

485
  •  
  •  
  •  

काठमाडौं, १४ चैत(ओएनएस) : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध कारबाहीको माग गर्दै कांग्रेसको केन्द्रीय अनुशासन समितिमा उजुरी परेको छ ।

फाइल तस्बिर

कांग्रेस गोरखा क्षेत्र नम्बर १ का महासमिति सदस्य एवं युवानेता राजेन्द्र बजगाईंले सभापति देउवाका कारण पार्टीले क्षति व्यहोरेको भन्दै विधान अनुसार अनुशासनको कारबाहीको माग गरेका हुन् ।

बिहीबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा दर्ता गरिएको उजुरीमा बजगाईंले पार्टी सभापति एवं संसदीय दलको नेताको हैसियतमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रममा समर्थन जनाएर पार्टी र संसदीय व्यवस्थाकै अहित गरेकोले अनुशासन कारबाही गर्न माग गरिएको छ ।


  •  
  •  
  •