कांग्रेस अनुशासन समितिले चैत मसान्तभित्र आएका उजुरी मात्रै छानबिन गर्ने

274
  •  
  •  
  •  

काठमाडौं, १२ चैत(ओएनएस) : नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले यहि चैत मसान्तभित्र प्राप्त भएका उजुरीहरुमाथि छानबिन गर्ने भएको छ ।

मंगलबार बसेको समितिको बैठकले २०७५ चैत मसान्तभित्र केन्द्रीय अनुशासन समिति समक्ष प्राप्त हुन आएका उजुरीहरु उपर मात्र छानबिन गर्ने निर्णय गरेका हो ।

समितिको निर्णयमा भनिएको छ, ‘पार्टीका कुनै पनि सदस्यले पार्टी हित विपरीतका कुनै पनि काम कारबाही र गतिविधि गरेको भएमा त्यस्ता काम कारबाही र गतिविधिका विरुद्धमा प्रमाण सहित २०७५ चैत मसान्तभित्र केन्द्रीय अनुशासन समिति समक्ष प्राप्त हुन आएका उजुरीहरु उपर मात्र केन्द्रीय अनुशासन समितिले छानबिन गरी निर्णय गर्ने व्यहोरा यसै सूचना मार्फत जानकारी गराइन्छ ।’

बैठकले अनुशासन समितिको कार्यविधि समेत पारित गरेको छ । यहि चैत ४ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले भीष्मराज आङदम्बेको अध्यक्षमा देवेन्द्रराज कँडेल र किशोरसिंह राठौर सदस्य रहेको समिति गठन गरेको थियो । पुन चैत ५ गते बसेको बैठकले समितिमा उमाकान्त चौधरी र धनराज गुरुङलाई चयन गरी पूर्णता दिएको थियो ।


  •  
  •  
  •