कांग्रेस कोषाध्यक्षहरुको सम्मेलन चैत २८ र २९ गते

351
  •  
  •  
  •  

काठमाडौं, ७ चैत(ओएनएस) : कांग्रेसका जिल्ला कोषाध्यक्षहरूको तेस्रो राष्ट्रिय सम्मेलन यहि चैत २८ र २९ गते पोखरामा हुने भएको छ ।

सम्मेलनमा पार्टीको आन्तरिक विवाद, संगठन, महासमितिमा पारित एजेन्डा लगायतका विषयमा छलफल हुने बताइएको छ ।

सम्मेलनमा गुट उपगुट अन्त्य, पार्टी बलियो बनाउनका लागि देशभर कार्यकर्ता परिचालन, नियमित लेबीलाई व्यवस्थित, सरकारका गलत क्रियाकलापको भण्डाफोरबारे छलफल हुने जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय कार्यसमितिका अध्यक्ष गोविन्द पुडासैनीले जानकारी गराए ।

उद्घाटन सत्रलाई पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललगायत शीर्ष तहका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । २९ गते पोखरा घोषणा पत्र जारी गर्दै समापन गरिनेछ ।


  •  
  •  
  •