कांग्रेस केन्द्रीय समिति बैठक चैतको पहिलो हप्ता

151
  •  
  •  
  •  

काठमाडौं, २३ फागुन(ओएनएस) : नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आउँदो चैतको पहिलो हप्ता बस्ने भएको छ ।

फाइल फोटो

मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहीबार एक विज्ञप्ति जारी गर्दै केन्द्रीय समिति बैठक चैत ४ गते बिहान ११ बजे पार्टी कार्यालय सानेपामा बस्ने बताएका हुन् ।

बैठकमा उपस्थित हुन केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई निर्देशन पनि दिइएको छ ।

यसअघि बरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समूहले बैठक बहिष्कार गरेपछि सभापति शेरबहादुर देउवाले अनिश्चितकालका लागि बैठक स्थगित गरेका थिए ।

निर्वाचन समिति र अनुशासन समिति गठनका विषयमा कुरा मिल्न नसकेपछि पौडेल र सिटौला समूहका नेताहरुले बैठक बहिष्कार गरेका हुन् ।

कांग्रेसभित्र बहुमतबाट महासमिति बैठकको म्यान्डेटविपरित विधान पास गरिएको भन्दै किचलो छ । यसअघि ५६ जिल्ला सभापतिहरुले विज्ञप्ति निकालेर विधान नसच्याए विशेष महाधिवेशन बोलाउन पहल गर्ने चेतावनी दिइसकेका छन् ।


  •  
  •  
  •