कांग्रेस केन्द्रीय समिति बैठक दोस्रो दिन जारी, धारणा राख्नेको सुची लामो

240
  •  
  •  
  •  

काठमाडौं, १० चैत (अाेएनएस): नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज दोस्रो दिन पनि जारी छ। वैठकमा विशेष रुपमा निर्वाचनको समीक्षा र समसामयिक राजनीतिक विषयमा छलफल गर्ने भनिएको छ ।

वैठकको पहिलो दिन नेता प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाले आफ्नो धारणा राख्दै पार्टी सभापति शेरबहादुर देउवा माथि कटाक्ष शब्द बोलेका थिए। यी दुर्इ नेताले मात्रै हिजो ४ घण्टा जति समय लिएका थिए।

निर्वाचन समीक्षा र समसामयिक राजनीतिक विषयमा धारणा राख्ने केन्द्रीय सदस्यहरुको सूची लामो भएकाले केन्द्रीय समिति बैठक केही दिन लम्बिन सक्ने नेताहरुले बताएका छन् ।

केन्द्रीय समिति बैठकमा नेताहरुले बोल्ने क्रम सुरु भएको र आज पनि नेताहरुले धारणा राख्ने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ । शुक्रबारको बैठकमा पार्टीका नेताहरु कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह र नारायण खड्काले धारणा राखेका थिए ।


  •  
  •  
  •