विवादित विषयलाई सर्तसहित संवाद समितिमा पुनः पठाइने

66
  •  
  •  
  •  

Three-Party-flagकाठमाडौँ, २४ पुस(ओएनएस) : संविधानका मुख्य विवादित विषयलाई संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिमा पुनः पठाउने बारेमा प्रमुख तीन दल ससर्त सहमत भएका छन् ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको प्रमुख तीन दल कांग्रेस,  नेकपा(एमाले), एमाओवादीको संयुक्त बैठकले सहमति नभए प्रक्रियामा जाने विषय सुनिश्चित गरेर संवाद समितिमा विवादित अन्तरवस्तुलाई पुनः लैजान सकिने निष्कर्ष निकालेका हुन् ।

सभामुखसँग सल्लाह गरेर विवादित विषयलाई पुनःसम्वाद समितिमा पठाउन सकिने र त्यहाँ सहमति खोजी गर्ने तर, यदी त्यहाँ सहमति हुन नसके प्रक्रियामा गएर भएपनि विवादित विषयलाई टुङग्याउने सहमति भएको छ ।

बैठकमा मधेषी मोर्चाका नेताहरू सहभागी नभएपछि सहमतिलाई भने मधेषी मोर्चासँग छलफल गरेपछि मात्र टुङ्ग्याइने भएको छ । मधेषी दलहरूसँग छलफल गरेपछि सभामुखलाई भेटेर संवाद समितिमा विवादित विषयलाई पठाउने सम्बन्धमा छलफल हुनेछ ।

बैठकमा तीन दलका शीर्ष नेतासहित दोस्रो तहका नेताहरूको पनि उपस्थिति थियो ।


  •  
  •  
  •