काठमाडौँ, १० चैत(ओएनएस) : प्रधानमन्त्री निवास बालुवाटार घेर्न पुगेका द्वन्द्वपीडित साझा चौतारी नामक संस्थाका सदस्यहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बेपत्ता नागरिकको अवस्था सार्वजनिक गर्न, दण्डहिनता अन्त्य गर्न लगायतका माग गर्दै संस्थाका सदस्यहरूले बिहिबार प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गरेका थिए ।
प्रदर्शनका क्रममा संस्थाका सदस्यहरूले ‘बेपत्ता नागरिकको अवस्था सार्वजनिक गर, बेपत्ता पार्नेहरूलाई कारबाही गर, हत्या हिंसा बन्द गर, हत्यारालाई पक्राउ गर’ लगायतका नारा लगाएका थिए ।
उनीहरुले नाराबाजी गर्दै निषेधित क्षेत्र भित्र प्रदर्शन गर्न खोजेपछि र यातायात आवागमन अबरुद्ध पार्न खोजेपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।