ढकालको सम्मानमा एमालेले ३ दिनसम्म पार्टीको झण्डा आधा झुकाउने

226
  •  
  •  
  •  

umlकाठमाडौं, २३ चैत (ओएनएस) : आइतबार निधन भएका पार्टीका नेता रामनाथ ढकालको सम्मानमा नेकपा एमालले तीन दिनसम्म देशभरिका पार्टी कार्यालयहरुमा पार्टी झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

सोमबार बसेको आकस्मिक बैठकले पार्टीका पोलिटब्युरो सदस्य तथा पूर्वसंसद ढकालको सम्मानमा आधा झण्डा झुकाउनका साथै अौपचारिक कार्यक्रमहरु तीन दिनसम्म आयोजना नगर्ने, पार्टी कार्यालयहरुमा शोक पुस्तिका राख्ने र आगामी २०७२ बैशाख ४ गते श्रद्धाञ्जली सभा आयोजना गर्न देशभरिका सबै जिल्ला कमिटीहरुलाई निर्देशित गर्ने निर्णय समेत गरेको छ ।

एमाले अध्यक्ष केपी ओलीद्वारा जारी विज्ञप्तिमा ढकालको असामयिक र दुःखद निधन भएकोमा उनीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक–सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरेको छ । स्वाइन फ्लुबाट संक्रमित ढकालको आइतबार ग्राण्डी अस्पतालमा निधन भएको थियो ।


  •  
  •  
  •