दिवंगत कोइरालालाई श्रद्धाञ्जली दिनको भीड…(फोटोफिचर)

280
  •  
  •  
  •  

काठमाडौँ, २७ माघ(ओएनएस) : नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालाको मंगलबार करिब १ बजे निधन भएको छ ।

कोइरालाको निधन भएपछि उनलाई श्रद्धाञ्जली दिन नेता, कार्यकर्ता तथा सर्वसाधारणहरू कोइरालाको पार्थिव शरीर राखिएको नेपाली कांग्रेसको केन्द्रीय कार्यालय, सानेपामा तथा दशरथ रंगशालामा भीड लागेको छ ।

कोइरालाको पार्थिव शरीर मंगलबार केही समय पार्टी कार्यालयमा राखेपछि दशरथ रंगशालामा राखिएको थियो । दुवै स्थानमा उनलाई श्रद्धाञ्जली व्यक्त गर्नका लागि पुग्ने मानिसहरूको निकै ठूलो भीड थियो ।

कोइरालाको पार्थिव शरीरलाई श्रद्धाञ्जली दिनका लागि पार्टीका नेता, कार्यकर्ता, उपराष्ट्रपति, प्रधानमन्त्री लगायतका अन्य पार्टीका नेताहरू, कलाकारहरू, कुटनीतिक नियोगका अधिकारीहरू तथा सर्वसाधारणहरूको भीड नै लागेको थियो । यस्तै, मंगलबार बेलुका भारतीय विदेशमन्त्री सुष्मा स्वराजसहित अन्य पार्टीका नेताहरू र भुटानका मन्त्री समेत श्रद्धाञ्जलीका लागि नेपाल आएका थिए ।

आज पनि कोइरालालाई श्रद्धाञ्जली दिनका लागि दशरथ रंगशालामा राखिएको छ । कोइरालाको पार्थिव शरीर आज दिँउसो २ बजेसम्म रंगशालामा राखिने छ । मङ्गलबार बेलुकादेखि नेपाल सरकारको जिम्मामा रहेको बाकसभित्र रहेको शवलाई श्रद्धाञ्जली दिन आज बिहान ९ बजेदेखि बाकसबाट बाहिर निकालिएको थियो ।

Koirala dead body at stadium (5)Koirala dead body at stadium (12)Koirala dead body at stadium (2)Koirala dead body at stadium (1)Koirala dead body at stadium (6)Koirala dead body at stadium (8)Koirala dead body at stadium (7)Koirala dead body at stadium (4)Koirala dead body at stadium (11)

Koirala dead body at stadium (3)
Koirala dead body at stadium (10)Koirala dead body at stadium (9)


  •  
  •  
  •