संक्रमणकालबाट गुज्रिएको मुलुकलाई ठूलो क्षति : राष्ट्रपति

169
  •  
  •  
  •  

काठमाडौं, ४ बैशाख (ओएनएस)  :  राष्ट्रपति डा. रामबरण यादवले पूर्व प्रधानमन्त्री सूर्य बहादुर थापाको निधनप्रति दुःख ब्यक्त गर्दै संक्रमणकालबाट गुज्रिएको मुलुकलाई ठुलो क्षति पुगेको बताएका छन् ।

शुक्रबार विज्ञप्ति जारी गर्दै राष्ट्रपति डा.यादवले दिवंगत आत्माको शान्तिको कामना गर्दै श्रद्धान्जली दिएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्री पदमा रही गहन जिम्मेवारी वहन गर्नुभएका कुशल एवम् अनुभवी राजनितीज्ञ थापाको निधानबाट संक्रमणकालीन अवस्थाबाट गुज्रिरहेको मुलुका लागि ठूलो क्षति पुगेको मैले महशुस गरेको छु । ’

डा. यादवले थापा समन्वयकारी भूमीका, स्पष्ट राजनीतिक दृष्टिकोण, दृढ इच्छाशक्ति र सन्तुलिन व्यवहारको लागि स्मरणीय रहेको भनि उल्लेख गरेका छन् ।

थापाको गत बुधबार राति भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा मृत्यु भएको थियो । थापाको शुक्रबार साँझ राजकीय सम्मानका साथ अन्तेष्टि गरिदैछ ।

President


  •  
  •  
  •