कण्डमको आकार सानो भएकोमा गुनासो

534
  •  
  •  
  •  

युगान्डाका सांसदहरूले अफ्रिकाको पूर्वी भागमा पर्ने आफ्नो मुलुकमा बिक्री हुने धेरै ‘कन्डम’ को आकार सानो भएको निकै गुनासो आफूहरूले पाएको र यो समस्या एड्सविरुद्धको अभियानमा ठूलो समस्या भएको बताएका छन् ।

युगान्डामा एचआईभी÷एड्सका लागि संसदीय समितिका सांसद टम आजाले ‘कन्डम’को आकार सबैका लागि मिल्ने नभएको बताए । उनले एड्सबाट सबैभन्दा प्रभावित भएको क्षेत्रमा आफूले हालै भ्रमण गर्दा त्यहाँका केही पुरुषमा ठूलो लैङ्गिक अङ्ग भएको पत्ता लागेको बताउँदै कन्डमको आकार बढाउने विषयमा विचार गर्नुपर्ने सुझाव दिए ।

उनले एनटीभी युगान्डालाई दिएको एक अन्तर्वार्तामा कामक्रीडाका समयमा दबाबमा पर्दा यस्ता कन्डम फुट्ने गरेको बताए । अर्का सांसद मेर्राड बिटेकिएरेजोले यसै च्यानललाई केही युवकले आफूहरूलाई दिइएको कन्डमको आकार प्रयोग गर्न नसकिने गरी सानो भएको गुनासो गरेको बताए ।

यस समितिका अर्का सदस्य नेटालिसिलेले युवक एवम् युवती तथा कन्डमका प्रयोगकर्ताहरूले एचआईभी तथा एड्स लाग्नुमा कन्डमको आकार पनि कारण भएको बताएको जानकारी दिए ।

एनटीभी युगान्डाले सांसदहरूले राम्रो तथा ठूलो कन्डम आपूर्तिका लागि दबाब दिने उल्लेख गरेको छ ।

उत्पादकहरूले कन्डमको आकारका विषयमा गुनासो प्राप्त गरेको यो पहिलोपटक होइन ।

सन् २००६ मा इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चले मुम्बईका ६० प्रतिशत पुरुषको लिङ्ग कन्डमको अन्तर्राष्ट्रिय आकारभन्दा २.४ सेन्टिमिटर (एक इन्च) र ३० प्रतिशत पुरुषको लिङ्ग पाँच सेन्टिमिटर (दुई इन्च) सानो हुने गरेको फेला पारेको थियो ।

युगान्डामा हरेक वर्ष ८० हजार जनता यसै रोगबाट मर्ने गर्छन् र हाल यो रोगको सङ्क्रमण बढ्न थालेको देखिएको छ ।

सन् १९९२ मा युगान्डाका १८ प्रतिशतमा यो रोग देखिएकोमा ‘‘एबीसी’’ (एब्स्टिनेन्स, बी केयरफुल, कन्डम – संयम, सावधान तथा कन्डम) रणनीतिले सन् २००५ मा यो दर ६.४ मा झरेको देखिएको थियो । -एजेन्सी


  •  
  •  
  •  

Comments are closed.