प्रमुख प्रतिपक्षी दल कांग्रेसको बैठक बस्दै

374
  •  
  •  
  •  

काठमाडौं, २१ असाेज (ओएनएस) : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्न लागेकाे छ । यसअघि गत शुक्रबारका लागि बोलाइएकाे बैठक विशेष कारणबस स्थगित भएको थियो ।

पार्टीको संशोधित विधान, नेपाल विद्यार्थी संघको विधानलगायत विषयमा छलफल गर्न कांग्रेसले केन्द्रीय कार्य समिति बैठक बाेलाइएकाे कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए। त्यस्तै कांग्रेसले विधान संशोधनका लागि प्रदेशबाट आएका सुझाव र पछिल्लो समयमा मुलुकमा देखिएको राजनीतिक घटनाक्रमका बारेमा समेत छलफल हुने बताइएकाे छ।

कांग्रेसले बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित सदस्यलाई समेत उपस्थितिका लागि अनुरोधसमेत गरेको छ। नेविसंघको विधान टुंगो नलाग्दा कात्तिकमा गर्ने भनिएको १२ औं महाधिवेशन नै अन्योलमा परेको छ । मुख्यसचिव पौडेलका अनुसार आज दिउँसो २ बजे बैठक बस्न लागेको छ।


  •  
  •  
  •